दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्षमता अभिबृद्धि तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, बुधबार २०:०३

काठमाडौं, चैत १६ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागद्वारा आयोजित क्षमता अभिबृद्धि तालिममको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
तालिममा विभिन्न खेलका ३७ प्रशिक्षकको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले जनाएका छन् । भारतका दुई विज्ञले सहभागीलाई प्रशिक्षण दिने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सहभागीले तालिमबाट महत्वपूर्ण उपलब्धी प्राप्त गर्ने विश्वसा व्यक्त गर्दै सातै प्रदेशमा यस प्रकारको तालिम आयोजना गर्नु पर्नेमा जोड दिए ।
राखेप उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापाले तालिमबाट अधित्तम लाभ लिन सुझावदै आफूले सिकेका कुरा अरुलाई सिकाएर व्यवहारमा उतार्नु पर्ने बताए । तालिम चैत १५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन बुधबार गरिएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी तालिम चैत २१ गते सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु