दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समीट वुमन अफ दी इयर २०२२’ बाट लम्साल पुरस्कृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १८ गते, शुक्रबार २०:१०

ललितपुर ।३० वर्षमुनिका युवा महिला उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘समीट वुमन अफ दी इयर २०२२’ पुरस्कार स्वीट फिक्सकी संस्थापक कृतिका लम्सालले जितेकी छन् ।

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुति रहेको ‘समीट वुमन अफ दी इयर २०२२’ पुरस्कारबाट स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी लम्साललाई प्रदान गरिएको हो । विजेता लम्सालले शालिमार ज्वेलर्सका तर्फबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्राप्त गरिन् ।

त्यसैगरी, समिट वुमन अफ दी इयर २०२२ को उत्कृष्ट ७ मा रहन सफल ‘लुक्ला आउटडोर’की आङछेची शेर्पा, खानपिनकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक ईशा बल्ला, ग्लोकल एकाडेमी अफ स्किल्स प्रालिकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक काजोल झा ठाकुर, दी मल्ल इन्ककी सजल मल्ल, ह्याप्पी माइन्ड्स्की संस्थापक तथा प्रबन्ध निर्देशक श्रेया गिरी र बिहे नेपालकी सहसंस्थापक श्रेया कटुवाललाई पनि सम्मान गरिएको छ ।

आयोजक ओपन स्पेस नेटबर्ककी संस्थापक फैजा परवीनले सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारका लागि आवेदन दिएको बताइन् ।

कार्यक्रममा आइएनजी ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, आइडिईका नेपाल निर्देशक कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिककी सञ्चालक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्की संस्थापक छाया शर्मा निर्णाय रहेका थिए ।

नेटबर्ककी संस्थापक परवीनले युवा पुस्तालाई सिर्जनात्मक विचारका साथ व्यावसायिक नेतृत्वका लागि प्रेरित युवा महिला उद्यमीहरूलाई पुरस्कृत गरिएको बताइन् ।

उनले ओपन स्पेस नेटवर्कले ‘उत्पादन र उत्पादन’, ‘उत्पादन र जनता’ र ‘जनता र जनता’ बीचको खाडललाई घटाउन काम गर्दै आएको उल्लेख गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु