दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवामा काँग्रेस पार्टीले दियो घरदैलो अभियानलाई तीव्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १९ गते, शनिबार ८:४३

पाँच वटै गाँउपालिकामा काँग्रेसको विजय निश्चित : केन्द्रिय सदस्य आचार्य

रसुवा , १९ चैत। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरि काँग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा काँग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेसले जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

रसुवाबाट प्रतिनिधिसभा सांसद एंव काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाँउपालिकामा नेपाली काँग्रेसले विजय हासिल गर्ने बताउनु हुन्छ।
संमृघ्द रसुवा निर्माणका लागी रसुवालि जनताले काँग्रेसलाई नै रोज्ने उहाँ बताउनु हुन्छ। काँग्रेसले नेतृत्व गरेका गाँउपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्ठि गरिसकेको उहाँ बताउनुहुन्छ।

पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टि अहिले काँग्रेस पार्टीमा विलय भै सकेको छ। रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु