
१९ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं
श्रवणदृष्टिविहिन अपाङ्गता १० प्रकारका अपाङ्गता मध्ये एक हो । यस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले सुन्न र देख्न सक्दैनन् ।
श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको अवस्था, समस्या तथा चुनौतीको विषयमा जानकारी होस र उनीहरुका सवालहरुलाई सबै निकाय सम्म लैजान सकियोस् भन्ने उदेश्यले राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवणदृष्टिविहिन राष्ट्रिय स्रोत केन्द्रले काठमाडौंमा विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरुलाई श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका विषयमा जानकारी गराइएको हो ।
सो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले आँखामा पट्टी बाधेर र कानमा सुन्न नसकिने सामाग्री प्रयोग गरेर श्रवणदृष्टिविहिन अपाङ्गताको प्रयोगात्मक अभ्यास पनि गरेका थिइ ।
साथै राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसिरले अपाङ्गता अधिकार ऐन २०७४ का अनुसार अपाङ्गताको परिभाषा, अपाङ्गताको प्रकार, चुनौती लगायतका विषयमा जानकारी गराउनु भयो । साथै उहाँले विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरुले श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गरि आवाज उठाइदिनु हुन आग्रह पनि गर्नु भयो ।
त्उसै गरी बहिरादृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले मिडियाको साथ र सहयोगको आवश्यकताको विषयमा प्रष्ट पार्दै श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवहारिक ज्ञान तथा सीप सिकाउनु पर्ने, उनीहरुलाई समाजमा घुलमिल गराउन चुनौती रहेको बताउनु भयो । यसै क्रममा उहाँले श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको पहिचानसमयम नै हुन नसक्दा उनीहरुको जीवन कठिन भएको भन्दै सञ्चार माध्यमहरुले उनीहरुको आवाजलाई सबै सामु पुर्याइदिनु हुन आग्रह गर्नु भयो ।


