दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुल्मीको मालिका गाँउपालिका अध्यक्षमा कांग्रेसको तर्फबाट विष्णु प्रसाद अर्यालको उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २१ गते, सोमबार १६:१२

आसन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गुल्मी जिल्लाको मालिका गाँउपालिकामा चुनावी रौनक तातेको छ । मालिका गाँउपालिका गुल्मी जिल्ला कै अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आसन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।

चुनावको मिति र उम्मेदवारी मनोनयको समय नजिकिए संगै मुख्यतया नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षको बलियो उम्मेदवारको रुपमा लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका र पटकपटक पार्टीको सभापति हुदै पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका विष्णु प्रसाद अर्यालले पालिका अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी घोषण गरेका छन् ।

राजनीतिसंगै व्यवसायमा सक्रिय अर्याल हाल काठमाडौंमा व्यवसाय गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले लामो समय ने.बि.संघ हुदै नेपाली कांग्रेस अर्जेको पार्टी सभापतिको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ । समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय गाँउ फर्कि पुन एक पटक पालिकको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र नेपाली कांग्रेस मालिका गाँउपालिका र समग्र गुल्मी कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको अर्याल बताँउछन् ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा मालिका गाँउपालिकामा अन्य दलहरुसंग गठबन्धन गरि चुनाव लड्ने केही चर्चा चलेता पनि त्यो अझै प्रष्ट नभएको र गठबन्धन गर्नै पर्ने अबस्था आएपनि पालिका अध्यक्ष आम कांग्रेसी कार्यकर्ताहरुको भावना अनुरुप नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा आफुलाई सर्वसम्मत साझा उम्मेदवारीको रुपमा सबैले स्विकार गर्ने अर्याल बताँउछन् । यदि गठबन्धन गरेर फरक दलको नेतालाई पालिका अध्यक्षमा उमेदवारी बनाउने अबस्था सिर्जना भयो भने हजारौं कांग्रेसी कार्यकर्ताहरु पार्टी परित्याग गर्ने, कांग्रेस थप कमजोर बन्ने भएकोले आम कांग्रेसीहरुको भावना अनुरुपमा नै पालिका अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताँउछन् ।

केन्द्र, जिल्ला, क्षेत्र, पालिका, वडा र आम कांग्रेसीहरु सबैमा आफ्नो उम्मेदवारीको विषयमा व्यापक छलफल पछि मात्र सबैको माग बमोजिम नै कांग्रेसको तर्फबाट आफुले पालिका अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको अर्याल बताँउछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु