तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दीपेश र प्रिन्स फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २३ गते, बुधबार २०:२२

काठमाडौ ।दीपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दीपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई २१–१३ र २१–१७ तथा निता लम्सालले जेशिका गुरुङलाई २१–१५, १९–२१ र २४–२२ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१७ पुरुष सिंगल्समा क्षितिज खनालले डेभिड थापा मगरलाई २१–६ र २१–१८ तथा विवेक चौधरीले रोहित बराललाई २३–२१ र २१–१९ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे । सो स्पर्धाको महिलामा रोज पाण्डेले एन्जेल लिम्बूलाई १८–२१, २१–१० र २१–१७ तथा सानिया चन्दले एलिना सुनारलाई २२–२० र २१–१४ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष एक्सिक्युटिभ डबल्समा प्रवीण लिङतेब र सुरोज महर्जनको जोडीले एसिया जबेगु र दिवस शंकरको जोडीलाई २१–८ र २१–१६ तथा विधान अधिकारी र विशाल खड्काको जोडीले हीरा राई र दीपक राणाको जोडीलाई १७–२१, २१–१५ र २५–२३ को सेटमा निराश पार्दै फाइनलमा स्थान बनाए ।
मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा पूर्णहरि होना र सञ्जय कपालीको जोडी तथा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडीले स्वर्ण भिडन्त पक्का गरे । मास्टर्सकै ५५ वर्षमाथि पुरुष डबल्समा पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी तथा बुद्धि चौधरी र कमल थापाको जोडी फाइनलमा भिड्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु