दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काँग्रेस काठमाडौँ महानगरपालिका–४ चुनावी अभियान लिएर सबैको घरदैलोमा पुग्छ : सभापति न्यौपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २४ गते, बिहीबार १६:०८

काठमाडौँ, २४ चैत । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को घरदैलो कार्यक्रम तीव्र गतिमा अगाडि बढेको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका–४ को सम्पर्क कार्यालय स्थापना गरेसँगै घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।

सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर तयारी अगाडि बढाएसँगै काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ ले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको हो ।

काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति तथा लोकप्रिय नेता रामप्रसाद न्यौपानेले पार्टीले अगाडि सारेको ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई वडाले तीव्रताका साथ अगाडि बढाएको बताउनुभयो ।

“काँग्रेस काठमाडौँ महानगरपालिका–४ आफ्नो अभियान लिएर वडाभित्रका सबै जनताको घरदैलोमा पुग्नेछ,”– सभापति न्यौपानेले भन्नुभयो । उहाँले काँग्रेसलाई जिताउने जिम्मेवारी काँग्रेसका सबै नेता, कार्यकर्ता र क्रियाशिल सदस्यको रहेको भन्दै सबैलाई अभियानमा सामेल हुन आग्रह समेत गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ४ अन्तर्गत वालुवाटार,चप्पल कारखाना,धुम्बाराही,मण्डिखाटार,टुँडालदेवी,चण्डोल,चुनदेवी, विशालनगर लगायतका स्थानहरु पर्दछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु