तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्यान्टु र विनेश फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २४ गते, बिहीबार २०:२२

काठमाडौं, चैत २४ गते ।
राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरे । विनेशले एपीएफका सन्योग कपालीलाई ११–८, ७–११, १२–१०, ११–८, ९–११ र १२–१० को सेटमा हराए ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–० तथा एपीएफकी सिक्का सुवालले प्रहरीकी सोनु थापा मगरलाई ४–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले राजेन्द्रमान श्रेष्ठलाई ३–१, ५० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्यले ललितपुरकै किरण ब्याञ्जनकारलाई ३–० र ६० वर्षमाथि र जगदीश्वरलाल जोशीले आनन्द धाख्वालाई ३–१ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।
यु–१६ गल्र्स सिंगल्स फाइनलमा आदर्श विद्या मन्दिर (एभीए) की वियन्का राईले एभीएमकै इभाना थापा मगरमाथि ३–० को जित दर्ता गर्दै शीर्ष स्थान हात पारिन् ।
प्रतियोगिताअन्तर्ग पुरुष÷महिला सिंगल्स फाइनल शनिबार हुने आयोजकले जनाएको छ । शुक्रबार कुनै खेल हुने छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु