दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार २०:२१

काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो ।

छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् ।

जुुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल विजेताहरूले नगद पच्चिस- पच्चिस हजार र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । त्यसैगरी फष्ट रनरअपहरूले नगद पन्ध्र-पन्ध्र हजार र सेकेण्ड रनरअपहरूले नगद दस -दसहजार पाउने बुर्जा मगरले जानकारी दिनुभयो ।

अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ र कथा इभेन्टकी प्रमुख गनिका गुरुङ गरेका थिए । अडिसन प्रारम्भ एकेडेमी, कागेश्वरी मनोहरा, मुलपानी, काठमाडौँमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु