
– शिव अधिकारी
मान्छे नै जति देख्दछु धरतीमा मान्छेइ सरी लाग्दछ
तिन्को अन्तिम चाहना मनभरी केले सधै गाँज्दछ
दौडन्छन कति बुर्कुसी गरि गरि कोही सवारी लिदै
पुग्छन ती कुन देश दूर तक हो उड्दै र आकाशिदै ।। १ ।।
घोच्छन मानिसकै पीडा बनि कति मार्नेर काट्ने पनि
सम्पत्ति जति लुट्त छन कति त ख्वै के गर्छु होला भनि
आलिशान बनाउछन महलका ढोका बुटा काठका
पाखामा अलपत्र छन कति कति भोका र वेस्यारका ।। २ ।।
त्यस्ता दुःखी तपस्वीका कठिन छन वेथाहरु जे जति
तिन्को त्यो तप पूर्ण हुन्छ कहिले केले बनायो खति
जान्ने कोही अगाडी अउन कठै सक्तैन होला किन
मान्छे जीवनको छ कष्ट र पीडा छुट्ला की त्यो क्वै दिन ।। ३ ।।
भन्ने सोच मडारिरन्छ मनमा म गर्न सक्छु र के
यो छाति भरि देशको छ गरिमा निर्माण गर्नै सके
आफै साशनमा बसेँ यदी भने हुन्थ्यो तरक्की पनि
को हुन्थ्यो र दुःखी गरिव कहिल्यै मग्ने भिखारी बनि ।। ४ ।।
साच्चै स्वर्ग हुने थियो धरति यो मेरो भए साशन
मान्छेलाई सामान इज्जत दिने बन्थ्यो उज्यालो दिन
आफूमात्र धनि हुने लहरका ति भ्रष्ट हुन्थे धुलो
शान्ति क्षेत्र विकासको लहरमा हुन्थ्यो सबैको भलो ।। ५ ।।


