
शिव अधिकारी
हो यो संसार बनाउने
इश्वर हो भन्छन
इश्वर पनि अहिले एउटा होईन
धेरै भैसकेका छन
हिन्दूहरुको
शिव ब्रह्मा विष्णु
त्रिमूर्ति भनेर पूजा गर्छन
यिनै तिन मिलेर
संसार बनाएको
चर्चा गरिन्छ
विष्णुको नाभिमा उम्रिएर
फूलेको कमलमा
अवतरित ब्रह्माले
श्रृष्टि गरेका हुन
भन्ने कहावत र विश्वास छ
त्यो उनैले हो भने
उनको श्रृष्टिको
गम्भिर भूल मृत्यू हो
त्यसो भए के
जन्म श्रृष्टिको सच्चा पौरख हो त
यो पनि होईन
जन्मको चाहनाले कुनै
जन्मने होईन नी
समर्थवानको शारिरिक संयोग
उत्तेजना र मस्ति नै
जन्मको कारण बनेको हो
कुनै जोडी जन्माउने
चाहनाले जोल्ठिदैनन
तर अचानक जन्म भैदिन्छ
हो यो पनि श्रृष्टिको
सहि काम त भएन नी
म ठूलो हो सम्पन्न हुँ
भन्नेहरुको जन्म दशाले
पनि त यो समाज बनेको हो
तर पनि यहाँ मृत्यू
फेरी मृत्यू
यो कोलाहल मृत्यू हो भने
यो नै श्रृष्टिको ठूलो भूल हो
समाज श्रृष्टिसगै
विभिन्न वर्गमा विभाजित छ
वर्ग अनुसारका आफ्नै आस्था
आफ्नै धर्म अनि देवता छन
वर्गले वर्ग अनुसारको
देवतालाई सर्वे सर्वा
श्रृष्टिकर्ता मान्छन
क्रिश्चियनले क्राईष्टलाई
सर्बे सर्वा मान्छन
यी इशाईहरु संसार इशाई करणमा
लागेका छन
त्यस्तै मुस्लिमहरु मोहम्मदका अ
अनुयायी हुन
उनिहरुमा पनि आफ्नो धर्म प्रति
गर्व छ र गर्व हुने नै त भयो नी
जे होस सबै आआफ्नो भगवानलाई
श्रृष्टिकर्त पालन कर्ता ठान्छन
जे भने पनि जस्तो भगवान
भए पनि
मृत्यू भने श्रृष्टिको ठूलो भूल हो
अहिले श्रद्धाको शिखरमा बुद्ध छन
तर बुद्ध आफूलाई
भगवान मान्दैनन
मूर्ति पूजामा विश्वास गर्दैनन
जन्मे पछिका अकाट्य सत्यको
व्याख्याता र समाजको
दुःख निवारक हुन बुद्ध
बुद्ध विश्व शान्तिको
संवाहकमात्र होईन नेतृत्वदायी
भूमिकामा अहिले झन अगाडी छन
उनि छैनन नभएर के भो र
उनकै विचारले वेजोड तरंग
दिईरहेको छ
उनि व्यर्थ जन्म मृत्यूको सागर
पार गर्न अष्टमार्गको
अनुसरणमा लाग्न शिक्षा दिनछन
हामी बुद्ध परिवारका हौ
बुद्ध हिन्दू अथवा कुनै धर्मका
कट्टर होईनन
यसैले बुद्ध सबैलाई सम्मान गर्छन
त्यसैले पनि बुद्ध भूमि यो शैव भूमीमा
धर्म निरपेक्षताको प्रसंग
स्वाभाविक छ
सबै धर्म निःस्वार्थ यहाँ फस्टाउँछन
यो भूमि शान्ति क्षेत्र हो
विश्व शान्तिको नेतृत्व यसै भूमिबाट
हुन्छ
जे जस्तो भए पनि श्रृष्टिकै कुरा
गर्ने हो भने श्रृष्टिले सिर्जना गरेको
मृत्यूले सधै कोलाहल र अशान्ति
मच्चाउने भएकोले
मृत्यू भने
श्रृष्टिको गम्भिर भूल हो


