तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आधारको संगीत, बिष्णुको स्वरमा ‘सिसा सरी’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, मंगलवार १५:३२

काठमाडौं – अमेरिकाको ओहायो राज्य निवासी संगीतकार आधार तुम्बापोको संगीतमा समावेश ‘सिसा सरी’ बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ। जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्।

विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त, मेलिना राई , राजेश पायल राई , प्रताप सुब्बा लगायात दर्जनौ कलाकारले आफ्नो स्वर दिसकेका छन्। हालै मात्र गायक उदय सोताङको स्वरमा रहेको ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ। नयाँ पुस्ताका कलाकारहरु सुनिता थेगिम, विकाश लिम्बु र छिट्टै रवि ओढले समेत गीत गाउने तय भैसकेको उनले बताएका छन्।

भुटानमा जन्मिएका संगीतकार तुम्बापोले नेपालमा लामो समय शरणार्थी जीवन बिताएका थिए। पुनर्वास प्रक्रिया बाट सन् २०१२ मा अमेरिका पुगेका तुम्बापो हाल अमेरिकाको ओहायो राज्यमा बस्दै आएका छन्। अमेरिकामा रहेको हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमी उनि संगीत प्रशिक्षकका रुपमा समेत कार्यरत छन्। भर्खर सार्वजनिक भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘आधार तुम्बापो’ मार्फत सार्वजनिक भएको हो। संगीतकार तुम्बापोले आफ्नो नयाँ गीतलाई सुनेर प्रतिक्रिया सबैलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु