दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ११ गते, आईतवार २०:२३

काठमाडौं, बैशाख ११ गते ।
राजु श्रेष्ठले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी भट्टराई, उत्तम बोगटी, मनोज शाह, हेमराज ढकाल, महेश श्रेष्ठ, राजु गोला, युवराज थापा र विमल गुरुङले जित हात पारे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा नेपाल टेनिस संघको प्राविधिक सहयोग भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा भीष्मराज पौडेल, रोबर्ट हान, मानबहादुर कटुवाल, दावा सोनाम शेर्पा, छोमविक्रम शाह, मनोजकुमार श्रेष्ठ, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, अनिल साइ, सुवास केसी, सन्तोष खत्री, छेवाङ लामा, राजेन्द्र श्रेष्ठ, अतितलाल श्रेष्ठ र सिमान्त गुरुङ अघिल्लो चरणमा प्रवेश गरे ।
प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता बैशाख १७ गते सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु