दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ११ गते, आईतवार २०:२६

जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा
स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रा.लि. का अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइज÷गल्र्स, क्याडेट ब्वाइज÷गल्र्स तथा यु–१२ ब्वाइज÷गल्र्स सिंगल्स स्पर्धामा खेल हुने छ । त्यस्तै पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिमा पनि सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर÷क्याडेटमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब, जिल्ला र क्लबका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रा.लि. का सचिव ज्याकी महर्जनले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्न राज वैद्यले जुनियर प्रतियोगिताले भविष्यका प्रतिभावन खेलाडी पहिचान गर्न टेवा मिल्ने धारणा व्यक्त गरे ।
तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु