दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जीवन’को साथमा आए चन्द्र लावार ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार १६:१९

काठमाडौं – गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतका शब्द शिव चम्ल्गाईले लेखेका हुन्।

जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन्। जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश ‘किन होला’ ‘एकै नजर’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु