दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आशिष र अकीको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार १९:३९

आशिष र अकीको विजयी सुरुआत
काठमाडौं, बैशाख १२ गते ।

आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ र ६–०, निजेज महर्जनले अभिषेक शाहलाई ६–४ र ६–१, प्रणव मानन्धरले निश्चल कायश्थलाई ६–२ र ६–०, कुमार जिसीले सौरभनाथ पन्तलाई ६–३ र ६–४ तथा विवेश मगरले सुशल मोक्तानलाई ६–० र ६–० को सीधा सेटमा हराए । विजेता सबै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै प्रमोदबहादुर थापाले रोजन दुवाल तथा सक्षमविक्रम शाहले कृष्णदेव उप्रेतीबाट वाकओभर पाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जेजे राणा र प्रणव मल्ल, डेगेन्द्र र सन्जिव, गोपी भट्टराई र नवीन चालिसे, दावा शेर्पा र जितेन्द्र परियार, अनुज बाँस्तोला र विकास गुरुङ, मानबहादुर कटुवाल र राजेन्द्र भट्ट तथा लक्ष्मण तामाङ र राज लामाको जोडी प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, विदुर विष्ट र काजी गुरुङ, राजु गुरुङ र लाक्पा शेर्पा, युवराज थापा र किरण नेपाल, सूर्य गिरी र भूअरुण मल्ल, राज घिमिरे र लोक गुरुङ, रामेश्वर थापा र राजेश क्षेत्री, कमल थापा र छ्याम्बा डुन्डुप, समिर शेरचन र राज गुरुङ, इन्द्रबहादुर शाह र पदम सिंह, बसन्त प्रधान र राजकुमार घिमिरे, ध्रुव गुरुङ र मनोज राणा तथा निरञ्जन श्रेष्ठ र सागर केसीको जोडीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशील पाण्डे, राजु श्रेष्ठ, बाबु कार्की, निञ्जनकुमार श्रेष्ठ, करीमुलाल मुस्लिम, सैलेश भण्डारी र हेमचन्द्र गुरुङले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु