दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१९ औ एशियन गेम्सको लागि बक्सिङ्ग खेलाडी छनौट शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १५ गते, बिहीबार ६:०१

काठमाडौ ।नेपाल बक्सिंग संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ्ग छनौट खेल शुरु गरेको छ ।

आज भएको प्रारम्भिक छनौट खेलमा प्mलाई वैट ५१ किलो महिला तर्पm त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्गले नेपाल बक्सिंग क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन । त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन । प्mलाई वैट तौल समुहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने सोहि तौल समुहमा बाग्मती प्रदेशका सुस्मा तामाङ्गले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन
त्यसै गरी महिला वैन्टम वैट तौल समुहमा बाग्मती प्रदेशका हेमा राई ले बागमती प्रदेश ए कै स्वस्तिका लाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन ।
पुरुषका खेलहरु सञ्चालन भईरहेको छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु