दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ महानगरपालिका –४ को वडाअध्यक्ष लड्न लागेका रामप्रसाद न्यौपाने को हुन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १५ गते, बिहीबार १७:३०

काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ को वडाअध्यक्षमा रामप्रसाद न्यौपानेले उम्मेद्धारी दिनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएको हो । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापतिसमेत रहनुभएका न्यौपाने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

न्यौपाने विस २०३३ सालदेखि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बस्दै आउनुभएको छ । उहाँ सोही क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ । निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव भएर काम गरिसक्नुभएको छ ।

विस २०४७ सालमा शंकरदेव क्याम्पसमा नेविसंघको सदस्य भएर काम गर्नुभएका न्यौपाने पार्टीको १३ औँ महाधिवेशनमा पनि सोही वडाको सभापति निर्वाचित हुनुभएको थियो ।

उहाँ सामुदायिक सेवा केन्द्र टुँडालदेवीको समेत अध्यक्ष हुनुहुन्छ । काठमाडौँ महानगरपालिका वडा नं ४ मा काठमाडौँको मुटु वालुवाटार, चण्डोल, धुम्बाराही, चुनदेवी, टुँडालदेवीलगायतका क्षेत्रहरु पर्दछ ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ,महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु