दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मलेसियाद्वारा श्रममन्त्री श्रेष्ठको मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १५ गते, बिहीबार १९:४७

मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ’किसान’लाई मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरेको छ । नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी, गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, उपाध्यक्ष हेमराज सापकोटा, युवा संयोजक अरुण गिरी, एनआरएनए मलेसियाका केन्द्रीय सदस्य बिमल राना लगायतको समुहले बिमानस्थलमा श्रममन्त्री श्रेष्ठको स्वागत गरेका हुन ।

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया पुगेको हो । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा आएका हुन । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरी छलफल गरेका थिए । मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली भर्मण दलमा रहेको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने जनाईएको छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिनेछन । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्ने बताए । मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने श्रममन्त्री श्रेष्ठको कार्यक्रम रहेको छ ।

श्रममन्त्री श्रेष्ठले मे १ तारिख आईतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको नेपाली राजदुतावास प्रांगणमा श्रमिकहरुलाई शुभकामना दिने र श्रमिक हरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने साथै एनआरएनएको नयाँ कार्यालय उदघाटन गर्ने र श्रमिक दिवस मनाउनुको साथै नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान समेत गरिने कार्यक्रम तय भएको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताए ।
एनआरएनए मलेसिया आफ्नो स्थापनाकालदेखि नै मलेसियामा कार्यरत लाखौं लाख नेपाली श्रमिक हरुको पीडा र दुखको साथी बन्दै आईरहेको छ । एनआरएनए मलेसियाले जेल परेका, अपांग, बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सामाजिक कामलाई अगाडी बढाउदै लैजाने अध्यक्ष थापाले बताए । नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस र उनिहरुलाई सहयोग पुगोस, श्रमिकलाई उद्दार गर्न सजिलो होस भन्ने उद्देश्यले नै आफ्नो कार्यालय उदघाटन गर्न लागेको एनआरएनए मलेसिया अध्यक्ष थापाले बताए ।
मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ । तर केहि बर्षदेखीको मलेसिया रोजगारिको समस्या श्रममन्त्री श्रेष्ठको भर्मणबाट समाधान हुनेमा एनआरएनए मलेसिया र बैदेशीक रोजगार ब्यावसायीहरुले आशा ब्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु