
काठमाडौ ।अर्थशास्त्रमा स्नातकोत्तर गरि आर्थिक क्षेत्रमा काम गर्दै आउनुभएका माओवादी केन्द्रबाट पालिका उपाध्यक्षका उम्मेदवार मिना लामा तामाङ्ग सिङ्गो त्रिपुरासुन्दरीको आर्थिक अवस्था परिवर्तनको लागि हाल चुनावी मैदान मा उत्रिनुभएको छ । त्रिपुरासुन्दरी – ३,पात्लेमा जन्म भइ महेन्द्रप्रताप माध्यमिक बिद्यालयबाट माध्यमिक शिक्षा पूरा गरि नेपाल कमर्श क्याम्पसबाट उच्च शिक्षा अध्ययन गर्नु भएको मिना लामातामाङ्ग बुबा दिल बहादुर तामाङ्ग र आमा धनमाया तामाङ्गलाई नै पहिलो राजनीतिक प्रेरणाको स्रोत मान्नुहुन्छ ।
राजनीति र समाजसेवामा आफ्नो परिवार को निरन्तर हौसलामा आफ्नै गाउँ स्थित दोर्जे युवा क्लबमा आबद्ध हुनुभएको मिना लामा तामाङ्ग कोरोनाको जटिल समयमा स्वास्थ्य चौकीमा विभिन्न किसिमको सहयोग गर्दै आउनुभएको छ । त्यसैगरी “हाम्रो चिनारी हाम्रो सहयात्रा’’ समूह मार्फत पनि दुःख, पिडा र समस्यामा रहेका त्रिपुरासुन्दरीवासीलाई सहयोग गर्दै आउनुभएको छ। अनेरास्ववियु क्रान्तिकारी हुँदै नेकपा माओबादी केन्द्र त्रिपुरासुन्दरी गाउपालिका समन्वय समितिमा काम गर्दै राजनीतिक यात्रामा पनि उत्तिकै सक्रिय हुदै आउनुभएको छ ।
राजनीतिक व्यवस्था परिवर्तन भएको तर हरेक नागरिकको आर्थिक अवस्था परिवर्तन नभएकोले अबको स्थानीय तहको चुनाबबाट जितेर
आउने उम्मेदवारले नागरिकहरुको जीवनस्तर उठाउँन सक्ने हुनुपर्ने जरुरि भएको मिना लामा बताउनु हुन्छ । आर्थिक अवस्था परिवर्तन
गरि सुखी र खुसी त्रिपुरासुन्दरी बनाउन सर्बप्रथम वैज्ञानिक तथा व्यवहारिक शिक्षा प्रणाली हुनुपर्दछ भन्ने ठहर गर्नुभएकी लामा
त्रिपुरासुन्दरीको यावत समस्या खानेपानी, बिजुली, सडक लगाएतका सवालमा ध्यान केन्दित भएको बताउनुहुन्छ । हरेक घरका बेरोजगारी समस्या समाधान गर्न सिपमुलक तालिम दिई आयआर्जनका आधारहरु खडा गरि बेरोजगारी कम गर्न सकिन्छ भन्नुहुन्छ । लामा अगाडि भन्नुहुन्छ ः कृषिलाई आधुनिककरण र अर्गानिक दुबै प्रणालीलाई उचित व्यवस्थापन र अवलम्बन गरि किसानका यावत समस्यालाई समाधान गर्न पर्याप्त बजेटको तर्जुमा नगरीकन मजदुर–किसानका समस्या समाधान हुन नसक्ने बताउनुहुन्छ ।
जनताका सबै समस्यासँग निरन्तर साथ रहेर मात्रै राजनीतिक उपलब्धिलाई संस्थागत गरि बिकासको चरणहरु पार गर्दै समृद्दिको लक्ष्य हासिल गर्न सकिने विश्वास लिएकी लामाले त्यसका लागि माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गरि जिताउन आदरणीय
जनसमुदायलाई आग्रह गर्दछिन ।


