दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मध्यनेपाल नगरपालिका–१ जितामा गठबन्धनको घरदैलो अभियान सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १७ गते, शनिबार २०:४९

लमजुङ १७ बैशाख । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १ मा गठबन्धनको घरदैलो अभियान सुरु भएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जितामा सत्तारुढ गठबन्धनले घरदैलो अभियान सुरु गरेको हो ।

मध्यनेपाल–१ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा काँग्रेसका विजय पौडेल, सदस्यमा काँग्रेसबाट दिलबहादुर खबास र माओवादी केन्द्रका विष्णुचन्द्र श्रेष्ठ, महिला सदस्यमा काँग्रेसबाट शुभद्रा पौडेल र महिला दलित सदस्यमा माओवादी केन्द्रकी सीता मौरती उम्मेद्धार बन्नुभएको छ ।

विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितामा काँग्रेसका उम्मेद्धार चन्द्रमणि पौडेलसहित सबै काँग्रेसको टिम नै विजयी भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु