तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नवराजलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १८ गते, आईतवार २१:१४

नवराजलाई स्वर्ण
नेपालका नवराज पराजुली आठौं इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे ।
पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३० केजीमा नेपालका सचिन राईले भारतका मणि, २९ केजीमा नेपालका रमित महर्जनले भारतका लक्षित र २५ केजीमा भारतका हसिकले नेपालका साङ्गे तामाङलाई हराउदै पहिलो भए । नेपालका कविन देशारले पनि पुरुष ५५ केजीमा स्वर्ण जिते ।
कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नेपालकी सुरक्षा केसीले भारतकी मराना प्रिया, ४५ केजीमा भारतकी सायाश्रीले नेपालकी पलिस्था कक्षपति, २५ केजीमा नेपालकी कुसुम लामाले भारतकी तमिल तथा ४५ केजीमा नेपालकी रिना माझीले भारतकी रभाथीलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । महिला ४० केजीमा नेपालकी सलिना राईले स्वर्ण चुमिन् ।
दुईदिने प्रतियोगितामा ५२ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच भिडन्त भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु