
काठमाडौ २०, बैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका चार वडाद्वारा चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिंदै प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा व्यसत छन् ।

काठमाडौँ महानगरपालिका चार नम्बर वडाबाट नेपाली काङ्ग्रेसकाे तर्फबाट वडाध्यक्ष अध्यक्ष पदका उमेदवार राम प्रसाद न्यौपानेले जनताको घरदैलोमा पुगि सधै वडाबासि जनताकाे सुख दुख बुझ्दै साथ सहयोग गर्दै समाजसेवामा लागेको स्थानीय जनताले नेपाली काङ्ग्रेसलाई भाेट हालि आफुलाई वडाअध्यक्ष पदमा विजय गराउन अनुरोध गरेका छन ।

समाजलाई विकासको गतिमा लैजाने प्रायसमा रहेकाे न्याैपानेले स्वास्थ्य,शिक्षा,राेजगार र समग्र वडाको विकास र समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने उद्येश्य बाेकेर नेपाली काङ्ग्रेसकाे तर्फबाट वडा अध्यक्ष पदका लागि आफ्नो उमेदवारी दिएको न्यौपानेले बताउनुभयो
।
उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।


