दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उद्योग वाणिज्य संघ ललितपुरमा सदस्य शाक्य निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ आश्विन २९ गते, आईतवार १८:१४

काठमाडौं, २९ असोज । उद्योग वाणिज्य संघ ललितपुरमा युवा व्यवसायिक मिलन शाक्य उद्योग समूह कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा शाक्य भारी मतले निर्वाचित भएका हुन् ।
लुम्बिनीस्थित होटल मिरज ईन तथा ललितपुरस्थित निम्स र निर्वाणा कलेजका अध्यक्ष रहेका शाक्य व्यवसायिकमाझ सुपरिचित र मिलनसार भनेर चिनिन्छन् ।

कार्यसमिति सदस्यमा निर्वाचित भएपछि शाक्यले भने, ‘निर्वाचित भएसँगै म मा थप जिम्मेवारी आएको महशुस भएको छ । आगामी दिनमा व्यवसाय तथा उद्योगीहरुका लागि सक्रिय रहेर काम गर्नेछु ।’

संघको अध्यक्षमा कृष्णलाल मर्हजन, बरिष्ठ भरतलाल जोशी, उपाध्यक्ष उद्योगमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष्य बाणिज्यमा रुपकुमार शाक्य, संस्थागत उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा मनोजबहादुर न्यछेँ्, कोषाध्यक्षमा सचिन्द्रराज जोशी निर्वाचित भएका छन् । त्यस्तै, संघको मिलनलगायत ६ सदस्य निर्वाचित भएका छन् । वाणिज्य कार्यसमिति सदस्यमा लजना श्रेष्ठलगायत ६ सदस्य चुनिएका छन् । त्यस्तै, संस्थागत क्षेत्र कार्यसमितिमा राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने एसोसिएट क्षेत्र कार्यसमितिमा राकेशभक्त मुल्मी चुनिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु