दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्जुनधारलाई विश्वसामु चिनाउने कांग्रेसको मेयरकी उम्मेदवार कार्कीको यस्तो छ योजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २० गते, मंगलवार १७:५६

झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएकी रन्जिता कार्कीले नगरको विकासका लागि आफ्ना योजना सार्वजनिक गरेकी छिन् ।
पार्टीको १ नम्बर प्रदेशकी कार्य समिति सदस्यसमेत रहेकी अधिवक्ता कार्कीले सबैको भावनाको सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । अधिवक्ता भएर काम गरिरहँदा पनि उनले गरेको सेवालाई स्थानीयले अझै र सधैं सम्झिइरहेका छन् । चुनाव प्रचार प्रसारको क्रममा गाउँघरमै रहेकी उनले आफ्नो पक्षमा राम्रो जनमत भएको बताएकी छिन् । ‘म सबै मतदाताको घरमा पुगेर आफ्ना कुरा राख्दैछु, उहाँहरुले मेरा योजनालाई समर्थन गर्नुभयो’ उनले भनिन् ‘ मैले अनावश्यक गफ गरेको छैन, जे गर्न सक्छु त्यहीमात्र भनेकी छु र बोलेको कुरा पूरा गरेरै छाड्छु ।’ उनी अरु पार्टीको जस्तो भ्रमको खेती गर्न नजानेको बताउँछिन् । ‘हाम्रो अर्जुनधारा ऐतिहासिक रुपले पनि सवल र सक्षम छ, यसलाई विश्वसामु चिनाउने मेरो योजना हो’ उनले थपिन् ‘मैले एक पटक अवसर खोजेको हुँ, त्यो मेरो लागि होइन नगरवासीको हितमा केन्द्रित गर्ने छु ।’
उनले खानेपानी तथा सरसफाई, विद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, सूचना तथा सञ्चार, सुरक्षासम्बन्धी महत्वपूर्ण योजना अघि सारेकी छिन् । त्यतिमात्र हाृेइन उनको प्रतिबद्धतापत्रमा फोहोर व्यवस्थापन, खेलकुदका साथै राजश्व तथा वित्तीय व्यवस्थापनका कुरासँगै जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका विषय पनि समेटिएका छन् । आफूसँग राम्रो टिम भएकाले पनि नगरवासीले पत्याएको उनको दाबी छ । ‘केही गर्छु भन्ने सोच छ मसँग त्यसमा नगरवासीले सहयोग गर्नुहुन्छ भन्ने लाग्छ’ उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु