दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल खेलकुद पत्रकार मञ्चमा देवेन्द्र निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २१ गते, बुधबार २०:५७

काठमाडौं, २१ वैशाख
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले निरन्तर पाएका छन् ।
बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७ औं वार्षिक साधारण सभा तथा ईलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए ।
यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशाल राई निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् ।
अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उनका प्रत्याशी लक्ष्मी जिसीले ३१ मत पाइन् ।
मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।
निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे ।
अध्यक्षमा निर्वाचित देवेन्द्र सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको तीन वर्षको कार्यकालमा पूरा गर्नेगरी गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनएसजेएफले नयाँ गति लिने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु