दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिन भिलेजलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २४ गते, शनिबार १९:११

ग्रिन भिलेजलाई उपाधि
ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिन भिलेजले यशस्वीलाई ६–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि कप्तान समिर बोहरा एक्लैले ४ गोल गरे । सारुन कुँवर र जेनिश बस्नेतले १–१ गोल थपे । यशस्वीका धननाथ ढुंगेलले २ गोल फर्काए ।
विजेताले २५ हजार नगदसहित ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए । दोश्रो भएको यशस्वीले १५ हजार नगदसाथ प्लस २ मा भर्ना हुन ५० प्रतिशत छात्रवृत्ति प्राप्त ग¥यो ।
ग्रिन भिलेजका समिर नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका नेपाल राष्ट्रिय माविका होमराज नेगी सर्वाधिक गोलकर्ता बने । ग्रिन भिलेजका नितेश बस्नेत उत्कृष्ट गोलरक्षक चुनिए । ध्रुव तारा अनुशासित टिम ठहरियो । चारै विधालाई ५ हजार नगदसहित प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइयो ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, पूर्व राष्ट्रिय फुटबलर रमेश बुढाथोकी, ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर प्लस २ विभागका प्रमुख श्याम महर्जन, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, जनार्जन ढुंगेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा २५ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु