तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चन्दा च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २४ गते, शनिबार १९:२१

चन्दा च्याम्पियन
नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन् ।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन् ।
कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला २६ केजीमा नेपालकी श्रृष्टि अधिकारीले भारतकी आइना दास, ५० केजीमा भारतकी चन्द्रा शिखाले नेपालकी आशिका पन्त तथा ६६ केजीमा नेपालकी प्रमिला भुमिलाई हराउदै स्वर्ण जिते ।
पुरुष ३२ केजीमा नेपालका आकाश भुमिले भारतका रोहन दास, ५० केजीमा भारतका जयदीप दासले नेपालका अमन तामाङ, ५७ केजीमा नेपालका आशिष शाही ठकुरीले भारतका अद्रिडो दास, ५६ केजीमा नेपालका पार्थ कोइरालाले भारतका दीपेन लोन, ५० केजीमा नेपालका शेख रिजवानले भारतका सावानाबो रोय, ५५ केजीमा नेपालका श्रृजित गुरुङले भारतका ब्रम्हमा बार्टा दास, ८६ केजीमा नेपालका मुकेश लुइटेल खत्रीले भारतका इन्द्रजित शाह, ५६ केजीमा नेपालका सञ्जय राईले भारतका रुपम कुथी तथा ७२ केजीमा नेपालका विक्रम राणाले भारतका रोनितलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।
पुरुषकै ६६ केजीमा भारतका आर्यमान चक्रबर्टीले नेपालका रोहन देउला, ५८ केजीमा नेपालका दीपेश तामाङले भारत रञ्जय, ८२ केजीमा नेपालका युभेन थापाले भारतका अंकित दास तथा ६५ केजीमा भारतका आकाश सेनले नेपालका दिनेश बम्जनलाई पन्छ्याउदै पहिलो भए ।
विजेतालाई नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु