दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोटरी क्लब अफ पाटन वेस्टद्वारा ह्यापी स्कूल प्रोजेक्ट अन्तर्गत शुद्ध खाने पानी,सरसफाई- व्यवस्था एवं शौचालय निर्माण गरी हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २५ गते, आईतवार १३:२२

वैशाख २१ काठमाडौ । ‘रोटरी क्लब अफ पाटन वेस्ट’ द्वारा कन्चनरुप नगर सप्तरी स्थित श्री शंखर माध्यमिक विद्यालयलाई ह्यापी स्कूल प्रोजेक्ट अन्तर्गत शुद्ध पिउने पानी, छात्राहरुको लागि सानीटरी प्याड भेन्डर मेसिन, सरसफाईको व्यवस्था एवं छात्र छात्रा हरुको लागि छुट्टा छुट्टै १६ वटा शौचालय तथा युरिनल घर निर्माण गरि हस्तान्तरण गरियो ।

लेट क्याप्टेन स्टेफन श्रेष्ठ वेलफेयर फण्डका चेयरपर्सन डा. प्रेम लाल श्रेष्ठको पहलमा कंचनरुपनगर, सप्तरी स्थित श्री शंखर माध्यमिक विद्यालयमा सहयोग गरेको कुरा रोटरी क्लब पाटन वेस्टका प्रोजेक्ट चेयर-पर्सन श्री प्रदिप मान वैद्यले बताउनुभयो।
अमेरिकी डलर ३३,०१७ मा बनेको यस प्रोजेक्ट मार्फत १४०० जना विद्यार्थी भाइ बहीनिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेभएका छन् । यसको अनावरण तथा निरिक्षण प्रमुख अथिती कन्चनरुप नगर पालिकाका मेयर बसन्त मिश्रज्यु बाट मिती: २०७९ वैशाख २१ गते का दिन सम्पन्न भएको छ। यस कार्यक्रमलाई सम्पन्न गर्न रोटरी क्लब अफ पाटन वेस्टका मेन्टर तथा पास्ट प्रेसिडेन्ट श्री प्रदिप मान वैद्य, पास्ट प्रेसिडेन्ट तथा बर्ष २०२१/२०२२ का असिस्टेन्ट गभर्नर श्री सुरेन्द्र शाही ठकुरी, प्रेसिडेन्ट श्री शिव नारायण सिंह, प्रेसिडेन्ट नोमिनी श्री सुदिप कुमार बानिया, सह-कोषाध्य्क्ष सुश्री प्रेस्का गिरी, सह-सचिब सुश्री सरस्वती योन्जनको उपस्थित रहेको थियो।

यश प्रोजेक्टलाई सम्पन्न गर्न दिनरात खटिनु भएका श्री शंखर माध्यमिक विद्यालयका प्रधनाध्यापक श्री गंगा प्रसाद साह लगायत सम्पुर्ण शिक्षक शिक्षिकाहरुको उपस्तिथि रहेको थियो।

यश प्रोजेक्टका चेयर- पर्सन प्रदीप मान बैध ज्युले करिब एक वर्षको अवधिमा निर्माण भएको यस प्रोजेक्टले शुद्ध खानेपानी तथा सरसफाई तथा छात्र छात्राहरुको लागि छुट्टा छुट्टै हाथ धुने ठाउ र शिक्षक प्रशिक्षण तालिम पनि यथासिध्र प्रदान गर्ने कार्यक्रम रहेको र यस प्रोजटक्ट निर्माणको लागि सहयोग गर्नुहुने स्प्लास नेपाललाई पनि विशेष धन्यवाद प्रदान गरिएको छ। यस प्रोजेक्टको इन्टरनेसनल पार्टनर रोटरी क्लब अफ सांग्ली मिडटाउन, ईन्डिया रहेको जानकारी गराउनु भयो । यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गरिदिनु भएकोमा विभिन्न संघ-संस्थाहरु, कंचनरुप नगरपालिकाका मेयर श्री बसन्त मिश्र तथा लेट क्याप्टेन स्टेफन श्रेष्ठ वेलफेयर फण्ड लगायत रोटरी क्लब अफ पाटन वेस्टका सम्पूर्ण सदस्यहरुलाई विशेष धन्यवाद प्रदान गर्दै आउँदा दिनहरुमा परेको आवश्यक सहयोग गरी रहने प्रतिबद्धता गर्नु भयो।

रोटरी क्लब अफ पाटन वेस्टका पुर्ब अध्यक्ष सुरेन्द्र शाही ठकुरीको कार्यकाल देखी ५ पाँच बर्ष सम्म निरन्तर रुपमा सहयोग गर्ने गरी उक्त बिधालयलाई एडप्ट गरियो थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु