
काठमाडौ । काठमाडौंमा दूध तथा दुग्ध पदार्थ ओसारपसार गर्ने गाडीलाई निर्वाचनको दिन अन्य अत्यावश्यक बस्तु ढुवानी सरह सडकमा चल्न दिन आग्रह गर्दै निर्वाचन आयोगले प्रकाशित गरेको सुचनामा दुध छुट्न गएकोले अब प्रकाशित हुने सुचनामा दुधलाई पनि समाबेश गराउन भन्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीलाई एक ज्ञापन पत्र बुझाइएको छ ।
सचिवलाई बुझाएको ज्ञापन पत्रमा एसोसिएसनले दुध एक अत्यावश्यक वस्तु भएकोले विगतका दिनमा देशभरि हुने हरेक बन्द, हड्ताल, महामारी एवं निर्वाचनको समयमा बिना रोकतोक दूध तथा दुग्ध पदार्थ ढुवानी गर्न पाइने कुरा हुँदाहुदै यस पटक यहि बैशाख ३० गते देशभर हुने स्थानिय निर्वाचनको दिन चल्न पाउने सवारी साधन भन्ने विषयको प्रकाशित सुचनामा अत्यावश्यक ढुवानी सवारी साधनमा दूध छुट्न गएकोले त्यसलाई समाबेश गराई ढुवानीमा सहजीकरण गर्न उल्लेख गरेको छ । उक्त निर्वाचनको दिन अत्यावश्यक ढुवानी बाहेक देशभरका सबै सवारी साधन अनुमति विना संचालन गर्न नपाउने, निर्वाचन आयोगबाट तोकिएका अत्यावश्यक वस्तु, खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दुतावासका सवारी साधन विना रोकतोक चल्ने, अन्य सवारी साधनका लागि अनिवार्य पास लिनुपर्ने भनि जानकारी आएकोले दुध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि दैनिक अनिवार्य नभईनहुने र यसलाई आजको आजै उपभोग गरिसक्नुपर्ने भएकोले नेपाल डेरी एसोसिएसनले यस पटकको स्थानीय निर्वाचनका लागि प्रकाशित सुचनामा दुध अत्यावश्यक वस्तु हो भन्ने कुरा छुटेकाले समावेश गराई सबै सम्बन्धित निर्वाचनको कार्यालयमा जानकारी गराई सहयोग गरि उक्त दिन दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ भन्दै महासचिव प्रल्हाद दाहालद्वारा हस्ताक्षरित निवेदन निर्वाचन आयोगमा महासचिव दाहालको नेतृत्वमा एसोसिएसनको टिम गइ निर्वाचन आयोगका सचिवलाई बुझाइएको हो ।


