
जेठ १,काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।
तीन हजार ६२७ मत गणना हुँदा शाहले १ हजार २२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८७१ मत पाएका छन्। स्थापित शाहभन्दा ३५७ मतले पछाडि छन्।
त्यस्तै नेपाली कांग्रेसबाट गठबन्धनको उमेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन्। उनी बालेनभन्दा ५२९ मतले पछाडि छन्। स्थापितभन्दा १७२ मतले पछाडि छिन्।


