
काठमाडौ २ ,जेठ– काठमाण्डु महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्धर्पीसँगको मतान्तर थप फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ५ हजार २ सय १४ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित २ हजार ९ सय ५२ मतसहित बालेनलाई पछ्याइरहेका छन् ।
काँग्रेसकी सिर्जना सिंहको २ हजार ५ सय ७७ मत छ । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । ३ हजार ५ सय ९१ मत पाएकी छन् ।


