तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साताको पहिलो दिन ८४.९० अंकले घट्यो सेयर बजार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते, मंगलवार १६:४५

३ जेठ, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।

स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ ।

मंगलवार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै,विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ । लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलवार नेप्से परिसूचक गिरावटसँगै तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । तर यता सामुदायिक लघुवित्तको शेयरमूल्य भने ५ प्रतिशत बढीले बढेको छ ।

मंगलवार कारोबार रकमका आधारमा ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनीको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु