दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ललितपुर र काठमाडौंलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते, बुधबार २०:०७

काठमाडौं, जेठ ४ गते ।ललितपुर र काठमाडौं पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा गोलबल प्रतियोगितामा बुधबार पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् ।
राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित ग¥यो । काठमाडौं तेश्रो भयो ।
बाग्डोलस्थित काठमाडौं फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई ५–० गोलले हरायो । दुवै समूहका विजेता र उपविजेताले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा तेश्रो भएको काठमाडौंले ५ हजार नगद पुरस्कार पायो ।
विजेतालाई राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरे, ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेलको स्पर्धा समावेश गरिएको छ । जेठ १५ गतेसम्म बाँकी ११ खेलका प्रतिस्पर्धा सम्पन्न हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले जानकारी गराइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु