
काठमाडौं । अमेरिकाको ओहायो सहर निवासी गीतकार गोपाल लोहारले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिम्रै नाम होस’ सार्वजनिक गरेका छन्। यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।
गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर सुन्न सकिन्छ। म्युजिक भिडियोमा स्वयम गायक राई र नायिका केकी अधिकारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।
भिडियो लिंक:


