तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नुवाकोट लिखु गाउँपालिका ३ का वडाध्यक्ष मगरद्वारा पदभार ग्रहण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते, शुक्रबार १८:५४

नुवाकोट । जिल्लाको लिखु गाउँपालिका वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष सिताराम पुलामी मगर (राम) ले पदभार ग्रहण गरेका छन् ।नवनिर्वाचित मगरले शुक्रबार लिखु वडा नं ३ को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई कर्मचारीहरुले फुलगुच्छासहित स्वागत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष मगरले आगामी दिनमा विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू जनप्रतिनिधि हुनुअघि पनि निरन्तर जनताको सेवामा खटिएको बताउँदै आगामी दिनमा थप सक्रियताका साथ सेवामा समर्पित रहने बताए ।
आपूm पनि गाउँमा जन्मिएको र गाउँको समस्यासँग परिचित भएको बताउँदै गाउँको समस्या आफ्नै समस्या मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्षमा निर्वाचित हुनुअघि पनि मगर निरन्तर समाजसेवामा लागि पर्ने गरेका थिए ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मगरले वडा नं ३ मा नेपाली कांग्रेसको प्यानलसहित जित हासिल गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु