तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते, आईतवार १८:०९

काठमाडौं। जेठ ८ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।

गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ ।

कांग्रेसले ३१४ वटा स्थानीय तहको प्रमुखपद जितेको छ भने २९२ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ५६७ जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले १९३ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २१९ वटामा उपप्रमुख पद जितेको छ । उसले २ हजार ६१ जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले १२० वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२५ वटामा उपप्रमुख जितेको छ । माओवादीले १ हजार १३ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १७ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

२८ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् भने जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहका प्रमुख जितेको छ भने ३० उपप्रमुख पद जितेको छ । उसले २८० वडा अध्यक्ष हात पारेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानीय तहका प्रमुख र १० वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

अब ३८ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । ती मध्ये विभिन्न कारणले केही स्थानीय तहको मतगणना हुन सकेको छैन । बाँकीको भने मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले ११ पालिका प्रमुख र ८ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले १३ पालिका प्रमुख र १९ उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले २ पालिका प्रमुख र ३ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले २ पालिका प्रमुख र १ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी २ पालिकाको प्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ३ पालिका प्रमुख र ३ उपप्रमुखमा अगाडि रहेको छ । अन्य पार्टीका र स्वतन्त्रले गरी ३ वटा पालिका प्रमुखमा अग्रता लिइरहेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका बर्चश्व रहेका किल्ला भत्काएर विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने यसपाली दोस्रो भएको छ । त्यतिबेला दोस्रो बनेको कांग्रेस यसपाली भने पहिलो पार्टी बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु