तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानी सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १० गते, मंगलवार ९:०१

काठमाडौं ,९ जेठ। आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले सोमबार क्रिकेट खेल सामाग्री सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले नेपाली यू–१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीको उपस्थिति थियो ।

नेपाली टोलीले मलेसियामा जुन ४ बाट छनोट प्रतियोगिता खेल्नेछ । जहाँ नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आजै कृतिका मरासिनीलाई कप्तान नियुक्त गरेको छ । क्यानले प्रतियोगिताका लागि यसअघि नै १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु