तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नवौ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १० गते, मंगलवार १९:४३

काठमाडौं, जेठ १० गते ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभा कक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी गराउनु भयो ।
नयाँ मिति मंगलबारै बसेको मन्त्री परिषद्को बैठकले निर्णय गरेको हो । यसअघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तय थियो ।
मन्त्री गहतराजले मिति सार्नुको कारण प्रस्ट्याउदै भन्नु भयो– ‘सार्वजनिक खरिद ऐन पालना गर्दै काम काज अगाडि बढाउनु पर्ने भएकाले समय अपुग भयो । गण्डकी प्रदेशबाट पनि तयारी समय छोटो भएकाले थप समय माग भयो । मधेश प्रदेशमा पनि खेलकुद परिषद् गठन भइ नसकेकोले तयारी अगाडि बढाउन कठिनाइ भएको लगायतका कारणले गर्दा नवौं राष्ट्रिय खेलकुद केहि समयलाई पछि सार्नु परेको हो ।’
मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदको धेरै महत्वपूर्ण काम अगाडि बढी सकेको बताउदै मिति सरे पनि तयारीमा कुनै कमी नहुने प्रतिबद्धता जनाउनु भयो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको तयारी सम्बन्धी राखेपको ११२ औं बोर्ड बैठक बसी निर्देशिका तथा बजेटको प्रकृया अगाडि बढाएको बताउदै लोगो, मस्कट र नारा छनोट गरी सार्वजनिक भइसकेको जानकारी गराउनु भयो । सदस्य–सचिव घिसिङले टिम छनोटका लागि पत्रचारलगायत कार्य सम्पादन भइसकेको पनि अवगत गराउनु भयो ।
पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका उपाध्यक्ष शिव कोइरालालगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु