
जेष्ठ १२ गते , नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले जेष्ठ १८ गते ( जुन १ तारिक ) मनाइने विश्व दूध दिवसको उपलक्ष्यमा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने कुरा एसोसिएसन बागमती प्रदेशका सचीव श्याम घिमिरेले जानकारी गराए ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्ड एवं अन्य सरोकारवाला निकायको सहकार्यमा दुधको महत्व बारे जानकारी गराउँदै बालबालिकाहरुको चौतर्फी विकासको लागि र बालबालिका भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कक्षा ८ देखि १० सम्मका बालबालिका बिच वक्तृत्वकला प्रतियोगिता २०७९/०२/१७ गते विहान १० वजे मनासलु कलेज, चुच्चेपाटी चावहिलमा “दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन“ भन्ने विषयमा गर्ने र सोको लागि उपत्यकामा भएका विद्यालयलाई सहभागिताको लागि अनुरोध गर्ने कुरा एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले जानकारी गराए । साथै विश्वभरि जुन १ तारिक मनाइने विश्व दूध दिवसको उपलक्ष्यमा चावहिल चुच्चे पाटीमा अवस्थित प्राक्सिस स्कुलमा रहेका विद्यार्थीलाई पनि दूध पान गराउने र एसोसिएसनले ७ वटै प्रदेशका विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाउन निर्देशन गरिसकेको पनि महासचिव दाहालले बताए ।


