दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुर्लङ्ग चोकका स्थानियले बुझायो वार्ड अध्यक्ष पूरीलाई ध्यानाकर्षण पत्र’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते, शुक्रबार १६:०६

जेठ १३,पर्बत
बारम्बार सड़क दुर्घटना भएका कारण यसको निवारण र जोखिम नहुन दिन दुर्लङ्ग चोकका स्थानीयले आज कुस्मा नगरपालिका ७ का वार्ड अध्यक्ष परशुराम पूरीलाई उहाकै कार्य कक्षमा ध्यानाकर्षण गरेका छन।

टीकाराम गिरीको नेतत्वको टीमले बुझाएको पत्रमा बारम्बार दुर्घटना जोखिम भएको ले उक्त चोकमा ज़ेब्रा क्रस वा आकासे पुलको आवश्यकता रहेको ,यात्रु हरु अलपत्र भएका कारण प्रतीक्षालय ,नाली सुधार गर्नु पर्ने ,अनावश्यक सामग्रीहरु सड़क किनारमा राख्न नहुने माग राखिएको छ।
जथाभाबी रुपमा सवारीसाधन चलाइदिने,चालकको लापरबाही,सड़कमा जथाभाबी पार्किङ्ग गर्ने,सड़कमा सचेतना मूलक ट्राफिक संकेत र सुरक्षाका उपकरण राख्न सक्नु पर्ने माग पनि रहेको गिरीले बताए।
जथाभावि सवारी पार्किङ गर्ने ,सड़क अतिक्रमण रोक्नु पर्ने र यसको अनुगमन गर्नु पर्ने साथै सडक सुरक्षाका लागि लिइने पाँच पिलर सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पछिको सेवा समेत कमजोर देखिएकाले दुर्घटना बढ्ने भएकाले बिशेष जोड़ दिनु पर्ने स्थानीय सचिन्द्र श्रेष्ठको भनाई छ।
ध्यानाकर्षण पत्र बुझ्दै वार्ड अध्यक्ष परशुराम पूरीले छिट्टै नै यसको समाधन गर्ने ,नाली सफा तुरुन्त गर्ने साथै सड़क ब्यस्थापनलाई मजबूत गर्न ट्राफिक कार्यालयसँग संपर्क गर्ने आस्वासन दिनु भयो।
यस्तो छ ध्यानाकर्षण पत्र

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु