
काठमाडौ । द्वारिकाज होटल,फ्युजन बारका प्रबन्धक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा रामकृष्ण पुडासैनी राष्ट्रिय पर्यटन सेवा सम्मान २०७९ बाट सम्मानित भएका छन् ।
काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ”विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सम्मान कार्यक्रममा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच पुडासैनीलाई सम्मान गर्नु भएको हो।

विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल पुडासैनी पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् ।
सम्मानित भए पछि पुडासैनीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिलाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।


