तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संस्कृति र ज्ञान टाइगर फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते, शनिबार १९:३३

काठमाडौं, जेठ १४ गते ।संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित ग¥यो । संस्कृतिका सुशान्त अधिकारीले १० अंक योगदान गरे ।
पहिलो क्वाटरमा २–६ ले पछि परेको संस्कृति दोश्रोमा २–२ को बराबरीमा रोकियो । तेश्रोमा ८–४ र चौथोमा ९–५ को अग्रता लिदै संस्कृतिले समग्रमा ४ अंकको जित हात पार्दै फाइनल यात्रा तय ग¥यो ।
आदर्श कार्कीको १४ अंक सहयोगमा ज्ञान टाइगरले राजश्री गुरुकुललाई ४४–३४ ले हरायो । ज्ञान टाइगरले पहिलोमा १७–५ को अग्रता लियो भने दोश्रोमा १२–१३ को झीनो अन्तरले पछाडि प¥यो । ज्ञान टाइगरले तेश्रोमा १३–६ को प्रदर्शन ग¥यो । चौथोमा राजश्रीले १०–२ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।
फाइनल आइतबार हुने छ । पहिलो हुनेले १५ हजार तथा दोश्रोले ८ हजार नगद पुरस्कार पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु