तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रेहान र रसुगीलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते, शनिबार १९:५०

रेहान र रसुगीलाई स्वर्ण
नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिबार स्वर्ण जितेका छन् । रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका लामाले नेपालकै सन्जिवनी कार्की, ६१ केजीमुनि नेपालकी निरुता श्रेष्ठले नेपालकी जुनु विशंखे तथा ३३ केजीमा नेपालकी प्रतिक्षा तामाङले भारतकी अस्विनी पवारलाई पराजित गर्दै स्वर्ण जिते ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजीमा नेपालका अनिश खड्काले नेपालका लेखराज घिमिरे, ४० केजीमा नेपालका इरफान वस्ताले भारतका अभिमन्यु तथा ३० केजीमा नेपालका अनिल रोकाले भारतका अद्नान मल्भीलाई हराउदै स्वर्ण जिते । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु