तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते, सोमबार १६:३६

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७९–९८० को बजेट संसद्मा प्रस्तुत गरेको भोलिपल्ट आज (सोमबार) सेयर बजार परिसूचक उच्च अंकले घटेको छ। केही समययता घट्दो क्रममा रहेको सेयर बजारमा बजेटको प्रभाव नदेखिएको हो।

साताको पहिलो कारोबार दिन आज नेप्से ४५।०९ अंकले घटेको छ। २।०३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१७८।६९ अंकमा ओर्लिएको छ।

आज २२७ कम्पनीका ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रुपैयाँबराबरको कारोबार भएको छ। आज सबै समूह राताम्मे भएको छ। सबैभन्दा बढी जीवन बिमा समूह ३०६।६९ अंकले घटेको छ।

बलेफी हाइड्रोको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको सेयर ९।९९ प्रतिशतले बढेको हो। त्यसैगरी एक वर्षभन्दा बढी समय रोकिएर आजदेखि कारोबार खुला भएको नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको छ। बैंकका सेयरधनीले आज ९।९९ प्रतिशतले घाटा व्यहोरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु