तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते, मंगलवार १९:३९

जेष्ठ ,१७ काठमाडौं । राष्ट्रिय दुग्ध विकास वोर्डको सहयोग, नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरुको संलग्नतामा “दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन” वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम मनाल्सु वर्ड कलेज ,प्राक्सिस ईन्टरनेशनल एकाडेमी चुच्चेपाटि, चावहिल, काठमाडौं र चाँगुनारायण, भक्तपुरमा गरियो । कार्यक्रम नेपाल डेरी एसोसिएशन बागमति प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेज्यूको सभापतित्व एवं राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवज्यूको प्रमूख आतिथ्यतामा सम्पनन भयो । कार्यक्रमको अतिथिहरुमा नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष श्री राधाकृष्ण सापकोटा, माहासचिव एवं कार्यक्रम संयोजक श्री प्रल्हाद दाहालज्यूको उपस्थिति रहेको थियो । साथै एन प्याव्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई खिर र दुधपान गराईएको थियो । करीव ५०० जनालाई दुधपान गराई खिर सेवन गराइयो ।

कार्यक्रम बारे प्राष्ट पार्दै नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले दुधको महत्व, विश्व दुध दिवसको बारेमा बताए । एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले गरेका गतिविधि बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । एसोसिएशनका उपाध्यक्ष श्री राजन प्रसाद दाहालज्यूले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दुध तथा दुग्ध पदार्थ सेवन गर्दाको महत्व एवं एसोसिएशनको इतिहासको बारेमा स्पष्ट पारे । कार्यक्रममा मनाल्सु वल्र्ड कलेजका प्रमूख राजन श्रेष्ठले यस्तो गरिमामय क्षेत्रको विकास र जानकारीका लागि यस कलेजलाई छनौट गरि कार्यक्रम गर्नुभएकोमा विशेष धन्यवाद सहित सबै उपस्थित सहभागी, प्रतियोगितामा सहभागी विद्यालय लगायत सम्पूर्णमा धन्यवाद दिँदै आउने दिनमा पनि सहकार्य गर्दै जाने कुरा बताउनु बताए । एन.प्याब्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजालले दुग्ध क्षेत्रको विकासका लागि सबैले दुध तथा दुग्ध पदार्थ सेवन गर्नु स्वस्थ्यका लागि अति उपयुक्त हुने कुरा भताए । प्रमूख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले एसोसिएशनले गरेका कामको प्रशंसा गर्दै बालबालिकाहरुलाई बजारमा पाईने जंकफुड खानुभन्दा बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ खाने प्रस्ताव गरे । एसोसिएसनले विश्व दुध दिवसमा खेलेको विशेष भुमिकाले दुग्ध क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै वोर्डले गरेका कार्यक्रमका बारेमा बताए । अन्त्यमा कार्यक्रमका सभापति एसोसिएशन बागमति प्रदेशका अध्यक्ष श्री टिका प्रसाद घिमिरेले कार्यक्रममा सहभागी विद्यार्थी, स्कुल, कलेज, डेरी उद्यमी मित्र र कार्यक्रममा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिनुभयो । उपस्थिति हुनेहरुमा केन्द्रिय सदस्य रामभक्त दाहाल, बागमति प्रदेश उपाध्यक्ष ध्रुव तिवारी, गोपाल तिमिल्सिना, सचिव श्याम घिमिरे लगायत ललितपुर दुग्ध व्यवसायी संघबाट रमेश सञ्जेल र कृष्ण प्रसाद सञ्जेल रहनु भएको थियो ।

साथै मकवानपुर जिल्लामा पनि जिल्ला समितिको आयोजनामा जिल्ला अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा केन्द्रिय सदस्य तिर्थ अधिकारीको प्रमूख अतिथ्यतामा बागमति प्रदेश सदस्य ज्ञानराज लामा लगायत जिल्ला समितिका पदाधिकारीहरुको उपस्थितिमा लामसुरे डाँडा स्थित वृद्धाश्रममा भएका जेष्ठ नागरिकहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

कार्यक्रममा निर्णायकद्वय माधव भुषाल र नारायण प्रसाद गौतमज्यूले निस्पक्षरुपमा बालबालिकाहरुको वक्तृत्वकलामा निर्णायकको भुमिका खेल्नु भयो। प्रतियोगितामा २४ वटा स्कुल सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु मध्ये निम्नानुसार विद्याथीहरुले उत्कृष्टता हासिल गरेको जानकारी गराउनु भएको थियो ।
१. प्रथम स्थान : युनिभर्सल उच्च माध्यामिक विद्यालयकी छात्रा प्रेरणा बोहरा
२. दाश्रो स्थान : आस्था विद्या मन्दिर विद्यालयकी छात्रा अस्मिता राई
३. तेश्रो स्थान : गोल्डेन गार्डेन एकेडेमीकी छात्रा प्रतिभा दनुवार
४.सान्त्वना स्थान : बाल विकास बोर्डिङ्ग स्कुलका छात्र विरध्वज एडी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु