दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उपत्यका व्यापी बोसिया खेल प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते, बुधबार २१:१५

१८ जेठ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

” स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने नारा सहित अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघले काठमाडौंमा उपत्यका व्यापी खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
हिजो र आज २ दिन सम्म आयोजना गरिएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गरेको थियो भने सो खेलमा पूरण तथा अति असक्त अपाङ्गता भएका महिला र पूरुष खेलाडी गरी ५२ जनाको सहभागीता रहेको थियो । सो खेल प्रतियोगितको समापनका क्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले खेलकुद सबैका लागि अति आवश्यक रहेको र अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी कार्य समिति सदस्य अनिता घिमिरेले यस खेल प्रतियोगिता अति उत्साह पूर्वक सम्पन्न भएको भन्दै पूर्ण तथा अति असक्त अपाङ्गता भएका बालबालिकाहरुको रुचि र उत्साहलाई ध्यान दिदै उनीहरुको खेलकुदको विकासको लागि राज्य स्तरबाट आवश्यक बजेट विनियोजन गरिनु पर्ने बताउनु भयो ।


त्यसै गरी महासचिव देबु पराजुलीले यस खेलकुद प्रतियोगताले अपाङ्गता भएका बालबालिकाहरुमा उत्साह जागेको र समाजमा जनचेतना जागेको भन्दै राज्यले उनीहरुको खेलकुदको विकासको लागि आवश्यक तालिम, खेल मैदान तथा प्रशिक्षकको व्यस्थापनमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा अपाङ्गता भएका खेलाडीहरुलाई प्राथामिकताका साथ स्थान दिनु पर्ने बताउनु भयो ।
यसै क्रममा अभिभावक शोभा विष्टले यो बोसिया खेल पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि अति नै महत्वपूर्ण रहेको, उनीहरुलाई खुशी रहन सहययोग गर्ने, समाजमा सकारात्मक जनचेतना जाग्ने बताउनु भयो भने अर्का अभिभावक शुशिला मल्लले यस पटकको प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडीहरुको सहभागीता रहेको र यो बोसिया खेलको विकासको लागि सबै लाग्नु पर्ने बताउनु भयो ।


त्यसै गरी अभिभावक तथा नवआगमन संरक्षण समाजका अध्यक्ष गोमा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको रुचि अनुसारको खेलकुदमा सहभागी गराउनु पर्ने, स्थानीय सरकारले उनीहरुको खेलकुदको विकासको लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको आयोजना गर्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङ्गले सहभागी खेलाडीहरुलाई पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुदमा सहभागी गराउन जरुरी रहेको भन्दै उनीहरुको खेलकुदको विकासलाई अगाडि बढाउनको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
आजको सो प्रतियोगितामा प्यारा ग्रुप अर्थात २/२ जनाको जोडी खेलमा बुद्ध राई र आकार थापाले पहिलो स्थान प्राप्त गरी स्वर्ण जितेका छन् । त्यसै गरी विकेश अधिकारी र गोपाल पौडेलले दोस्रो स्थान प्राप्त गरेका छन् भने अमिता श्रेष्ठ र प्रिता मल्लले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसै गरी सो प्रतियोगिताको बीसी ४ को मिक्स टिम प्रतिस्पर्धामा विष्णु घिमिरे, शुभेच्छा खतिवडा र निलम अधिकारीले पहिले स्थान प्राप्त गर्न सफल हुनु भएको छ भने सुकुमाया लो, सविन तामाङ् र जिज्ञासा अधिकारीले दोस्रो स्थान प्राप्त गर्नु भएको छ । त्यसै गरी सिता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
बीसी तेस्रो मिक्स प्रतियोगितामा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत र लिजा बज्राचार्य र सुलभा राइले कास्य जित्न सफल भएका छन् । बीसी २ को मिक्स समुहमा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखेल र गंगामाया कसलवत दोस्रो र सुलोचना भ्वयधो, दिपा सुलु र मानबहादुर भुजेल तेस्रो भएका छन् । सिङ्गल मिक्स प्रतियोगितामा मौसम चौधरीले पहिलो र लक्ष्मी मगरले दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु