दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालमा आत्महत्या सम्बन्धी समस्या र न्यूनिकरणका उपायाहरुका विषयमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २० गते, शुक्रबार २०:५१

२० जेठ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
नेपालमा दिनानु दिन आत्महत्याका घटनाहरु बढ्दो छ । आर्थिक अवस्था कमजोर, घरपरिवारमा नसोचेको घटना हुनु, अनावश्यक चिन्ता लिनु, आफलाई कमजोर सम्झनु, लगायतका विभिन्न कारणहरुले मानिसमा मानसिक समस्या हुने हुन्छ र व्यक्तिले आत्महत्या गर्न पुग्छ । यस्तो आत्महत्याका घटनाहरुलाई राज्य तथा सरोकारवाला निकायहरु मिलेर अन्त्य गर्नु जरुरी छ ।
यसै सन्दर्भमा ओपन सोसाइटी फाउण्डेशन सोसाइटी र दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा आज शुक्रबारका दिन काठमाडौंमा नेपालमा आत्महत्या सम्बन्धी सम्या र न्यूनिकरणका उपायाहरुका विषयमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।
सो छलफलमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका प्राविधिक निर्देशक, विशेषज्ञ चिकित्सा तथा मनोविद डा.पशुपति महतले आत्महत्या रोकथामका सवालमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले नेपालमा १५ वर्ष देखि ३५ वर्ष सम्म उमेर समुहका व्यक्तिहरुले आर्थिक अवस्था कमजोर भएको कारण, लैङ्गीक तथा सामाजिक हिंसा, डिप्रेशन,निराशा, जीद्धीपना, वातावरणिय कारणले गर्दा पनि आत्महत्याका घटनाहरु बढ्दै गएको बताउनु भयो । साथै उहाँले आत्महत्या रोकथामका लागि राज्य स्तरबाट नीति तथा कार्यक्रमहरु बनाउनु पर्ने र त्यसको पूण रुपमा कार्यन्यन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले आत्महत्या रोकथामको लागि नागरिक समाजको दायित्व रहेको भन्दै यस विषयमा अभिभावक तथा व्यक्तिलाई नियमित रुपमा परामर्श दिनु पर्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट यस विषयमा सक्दो पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा निलहिरा समाजकी अध्यक्ष पिङकी गुरुङ्ले तेस्रोलिङ्गीहरुलाई समाजमा नकारात्मक रुपले हेर्ने, घरपरिवारले नस्विकार्ने, अवसरबाट बञ्चित गराउने, रोजगार नपाउने लगायतका समस्याहरु हुने हुदा उनीहरुमा मानसिक समस्या आउने र आत्महत्या गर्ने गरेको बताउनु भयो । साथै उहाँले तेस्रोलिङ्गी व्यक्तिहरुलाई समाज तथा घर परिवारका साथै राज्यले स्विकार्न सकेमा, राज्यका नीति निर्माण तहमा उनीहरुका सवालहरुलाई सम्वोधन गर्न सकेमा आत्महत्याकका घटनाहरुको दर न्यूनिकरण हुन सक्ने कुरामा जोड दिनु भयो ।

यसै कार्यक्रममा एविलिटी मञ्च प्रालीका निर्देशक सुदर्शन सुवेदीले आर्थिक, सामाजिक, बेरोजगारी लगायतका कारणले गर्दा अपाङ्गता भएका व्यक्तिहरु र यसमा पनि अपाङ्गता भएका महिलाहरुले बढी मात्रमा आत्महत्या गरेका घटनाहरु बाहिर आएको बताउदै सबै नागरिकहरुलाई उनीहरु अनुकूलको वातावरण सृजना गर्ने, सबै निकायमहरुमा समान सहभागिता गराउनु पर्ने र आवश्यक परामर्श दिन सकेमा आत्महत्याका घटनाहरु न्यूनिकरण हुने बताउनु भयो ।
यसै क्रममा जुरी नेपालका प्रतिनिधि कमल बस्याले दिलत तथा गैरदलितहरु विच प्रेम विवाह हुदा गैरदलित परिवारले नस्विकार्दा पनि आत्महत्याका घटनाहरु दिनानु दिन बढ्दै गएको बताउनु भयो ।
त्यसै गरी दिगोविकासका लागि राष्ट्रिय अभियान नेपालका कार्यकारी निर्देशक तथा पूर्व अध्यक्ष दयासागर श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्दै सबै सरोकारवाला निकायहरु मिलेर आत्महत्याका घटनाहरु न्यूनिकरणका लागि उपयोगी नीति नियमहरु, ऐन कानून निर्माण गरी कार्यन्वयनको लागि अघी बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले यस विषयमा सरोकारवाला निकायको ध्यान केन्द्रित गर्न पनि सबै लाग्नु पर्ने कुरामा जोड दिनु भयो भने यसै संस्थाकी उपाध्यक्ष गंगा दोङ्गले आत्महत्या न्यूनिकरण गर्नका लागि प्रत्येक प्रदेशका स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाउने र आत्महत्याका घटनाहरु हुन नदिन विशेष सावधान अपनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुका साथै राज्यको ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु