दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रिकेश च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते, शनिबार २२:२५

काठमाडौं, जेठ २१ गते ।
आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।
बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।
काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेश्रो भए ।
दोस्रो एका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिंङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए ।
‘यस किसिमका व्यवसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ । मैले यो खेललाई नवौं राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु । आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुने छ’ सदस्य–सचिव घिसिङले भने– ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले यहाँको सभ्यता र सँस्कृति देशभर पुर्याउनु हुनेछ । यसले खेलको विकास मात्र नभइ यहाँको पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’
नेपाल अन्तराष्ट्रिय आईटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पछिल्ला समय नेपालको खेलकुदमा सदस्य–सचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए । ‘खेलभावना बुझेको र लामो समयदेखि खेल संघको नेतृत्व गर्दै आउनु भएका खेल पदाधिकारीलाई नेपालको खेल नेतृत्वका रूपमा पाएको छौं । यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल संघको भावना बुझेर उहाँले काम गरिरहनु भएको आभास हामीले पाएका छौं ।’– धमलाले भने ।
सो कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) का कार्यकारी सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीलगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु