दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सहायक सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते, मंगलवार ९:११

नुवाकोट ।बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा अपांगता भएका व्यक्तिहरूलाई जीवन यापन र हिँडडुलमा सहजताका निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।

सोमबार स्थानीय निर्वाचन २०७९ मा बेल्कोटगढ़ि नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा अपांगता भएका व्यक्तिहरूलाई जीवन यापन र हिँडडुलमा सहजताका निःशुल्क सहायक सामग्री वितरण कार्यक्रम गरेको हो ।

बेल्कोटगढी नगर पालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनस्र्थापना(CBR) कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर,चियर, सेतोछडी, स्टिक,कृतिम खुट्टामा प्रयोग हुने घुडा,पैताला,वाकर आदि सामग्री प्रदान गरिएको हो ।

संस्थाको अध्यक्ष गणेश पोखरेलको सभापतित्व एवम वडा नम्बर ९ का वडाध्यक्ष दुर्गा प्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बोल्ने वक्ताहरुले अपांगता भएका व्यक्तिहरु समाजका र घरपरिवारका बोझ नभएर अवसरको अभावमा पछाडि पारिएको एउटा वर्ग भएको कुरामा जोड दिएका थिए।

उनिहरुले अपांगता भएका व्यक्तिहरुलाई विषेश प्रकारको सहयोग सेवा सुविधा र अवसर दिनसके अपांगता भएका व्यक्तिहरु समाज परिवर्तनका अभिन्न अंग बन्न सक्ने कुरामा पनि जोड दिए।राज्यले सकारात्मक विभेदको नीति अबलम्बन गरि अपांगता भएका व्यक्तिहरुको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्टै नीति तथा कार्यक्रम बनाउनु पर्नेमा उनिहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा नगरपालिका वडाध्यक्ष,वडा सदस्य ,साहित्यकार बिभिन्न सामाजिक ब्यक्तित्व,सरोकारबाला ब्यक्ति,अपाङ्गता भएका ब्यक्ति तथा अभिवाक पत्रकार लगायतको सहभागीता थियो ।



फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु